काठमाडौँ । मन्त्रिपरिषद्का सदस्यहरूले चालु आर्थिक वर्षमा बढेको तलब नलिने भएका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को सोमबार साँझ बसेको पहिलो बैठकले चालु आर्थिक वर्ष वृद्धि भएको तलबभत्ता मन्त्रिपरिषद्का सदस्यहरूले नलिने निर्णय गरेको हो ।
सरकारका प्रबक्ता तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार मुलुकको अर्थ व्यवस्था नराम्रो रहेको समयमा मन्त्रीपरिसदका सदस्यले बढेको तलव भत्ता चालू आर्थिक बर्ष प्रतिकात्मक रुपमा नलिने निर्णय भएको हो ।