काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । सोमवारसाँझ बसेको मन्त्रिपरिषद् वैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो ।
सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्न प्रस्ताव गरिएको थियो । लामिछानेले अस्वीकार गरेपछि पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त नभएसम्मका लागि पौडेलले सरकारको प्रबक्ताको जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।