images
images

सत्ता गठबन्धको बैठक छोडेर बालुवाटारबाट बाहिरिए ३ नेता


  • 344
    SHARES
  • २०७९ पौष १० गते आइतबार

    सत्ता गठबन्धको बैठक छोडेर बालुवाटारबाट बाहिरिए ३ नेता

    काठमाडौं । नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट बाहिरिएका छन् ।  शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रचण्ड पनि बाहिरीएका हुन् ।  

    त्यसपछि नेकपा एकीकृत समाजवादी केन्द्रका नेताहरू पनि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड त्यहाँबाट बाहिरिएका हुन् ।

    एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल बालुवाटर पुगेका थिए । राष्ट्रपति सरकार निर्माणका लागि गरेको आह्वानको समय सीमा आज साँझ सकिँदैछ ।


    images
    images

    Logo