images
images

संस्थापन इतर पक्ष एक भएर जाने संकेत, दुईमध्ये एक उठ्ने


  • 359
    SHARES
  • २०७९ पौष ४ गते सोमबार

    संस्थापन इतर पक्ष एक भएर जाने संकेत, दुईमध्ये एक उठ्ने

    काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन इतर समूह संसदीय दलमा एक भएर लड्न तयार भएको छ । सोमबार दुई पक्षबीच भएको वार्तामा उनीहरुबीच यस्तो सहमति जुटेको हो । 

    संसदीय दलको नेताका लागि नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा आकांक्षी देखिएपछि दुई जनामध्ये एकलाई सर्वसम्मत गराउने पहल भएको हो। शेखर समूहका नेताहरू पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, नेता चन्द्र भण्डारीलगायतको पहलमा छलफल सुरु भएको छ।

    सोमबार बिहान नेता कोइराला र महामन्त्री थापाले २ घण्टा छलफल गरेका छन्। २ जना मात्रै सहभागी छलफलमा २ मध्ये १ जनाअघि बढ्ने कुरामा सकारात्मक छलफल रहेको नेता थापा निकट एक नेताले जानकारी दिए। संस्थापन इतर समूहले भोली सामूहिक छलफल हुनेछ।

    थापाले संसदीय दलको नेता बनेर प्रधानमन्त्रीका लागि दाबी गर्ने घोषणा चुनावअघि नै गरेका छन् भने कोइरालाले घोषणा गरेका छैनन्। नेता कोइरालाले चुनावपछि मात्रै इच्छा देखाएका हुन्।

    नेता कोइरालाले मंसिर ४ को चुनावपछि मात्रै पार्टीको संसदीय दलको नेता बन्ने इच्छा देखाएका हुन्। महामन्त्री थापाले चुनावअघि नै गरेको उक्त घोषणालाई लक्षित गर्दै नेता कोइरालाले समूहमा छलफल नै नगरी दलको नेता बन्छु भन्दै हिँडेकोप्रति कटाक्ष गरेका थिए। आज दुई नेताबीच भएको छलफमा भने दुई मध्ये एक उठ्नेबारे सहमति भएको बुझिएको छ।


    images
    images

    Logo