images
images

जीएचसी ह्याण्ड स्यानिटाइजर बजारबाट फिर्ता गर्न विभागको निर्देशन 


  • 397
    SHARES
  • २०७९ पौष ४ गते सोमबार

    जीएचसी ह्याण्ड स्यानिटाइजर बजारबाट फिर्ता गर्न विभागको निर्देशन 

    काठमाडौं । औषधी व्यवस्था विभागले दुई कम्पनीले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजर फिर्ता गर्न निर्देशन गरेको छ ।  जीएचसी ह्याण्ड स्यानिटाइजरका तीन वटा ब्याचका उत्पादनहरू बिक्री वितरणमा रोक लगाएको हो । 

    भारतीय कम्पनी ग्लोबल हेल्थ केयरको उत्पादन जीएचसी ह्याण्ड स्यानिटाइजर न्यून गुणस्तरको भएकाले रिकल गर्नुपरेको विभागले जनाएको छ । नेपाली आयातकर्ता केएस इन्टरनेसनल टेकुले आयात गरेको हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ती स्यानिटाइजरमा विषाक्त मेथानलको मिश्रण देखिएको विभागले जनाएको छ ।

    ग्लोबल हेल्थ केयरका उत्पादनहरूमध्ये आज दुई वटा र गत कार्तिक ३० गते ११–२२ ब्याचको स्यानिटाइजर न्यून गुणस्तरका पाइएपछि बिक्रीमा रोक लगाइएको हो । रिकल गरिएका ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्नसमेत विभागले सबैमा सूचित गरेको छ ।

    Recall 2079.09.04.jpg

     


    images
    images

    Logo