काठमाडौं । सुनचाँदी बजार आज सुनका मूल्यमा स्थिर छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँमा कायम भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार पनि छापावाला सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।