images
images

रवि लामिछाने बने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता


  • 355
    SHARES
  • २०७९ पौष ४ गते सोमबार

    रवि लामिछाने बने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता

    काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेता चयन भएका छन् । सोमबार बसेको दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई संसदीय दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।

    दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । आज बिहान ११ बजे बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने रास्वपाले जनाएको छ । सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि सोही बैठकमा छलफल हुने एक नेताले बताए ।

    रास्वपासँग प्रतिनिधिसभामा प्रत्यक्षमा ७ र समानुपातिकमा १३ गरी २० सिट छ । लामिछानेलाई निर्वाचनअघि नै जित भएका संसदीय दलको नेता बनाउने पार्टीले निर्णय गरेको थियो ।


    images
    images

    Logo