काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर छ भने युरोको मूल्य घटेको छ ।
सोमवार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ९० पैसा कायम रहेको छ । आइतवार पनि डलर सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, युरो आज १ को खरिददर १ सय ४० रुपैयाँ ०३ पैसा र बिक्री दर १ सय ४० रुपैयाँ ६६ पैसा रहेको छ । आइतवारको तुलनामा युरो ३७ पैसाले घटेको छ ।
त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ ६९ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ४२ पैसा रहेको छ।