काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेलकाे पहिलाे हाफमा अर्जेन्टिनाले २-० गाेलकाे अग्रता लिएको छ । मेसीकाे गोलमा २३ मिनटमा अग्रता लिएको अर्जेन्टिनाले ३४ औं मिनटमा थप गाेल गर्दै २-० गाेलकाे अग्रता लिएको हाे । अर्जेन्टिनाका डिमारियाले खेलकाे ३४ मिनटमा गाेल गर्दै अर्जेन्टिनाकाे अग्रता दोब्बर पारेका हुन् ।
अर्जेन्टिनाले खेलकाे शुरूदेखिनै फ्रान्सलाई दवावमा राखेकाे थियाे । मेसीले फाइनलमा गाेल गरेसंगै जारी विश्वकपमा सबै भन्दा बढी गाेल गर्ने खेलाडी बनेका छन् । विश्वकपमा २६ औ खेल खेलिरहेका मेसीले याे प्रतियोगितामा छ गाेल गरिसकेका छन् ।