images
images

समस्याग्रस्त शेयर मार्केट्स व्यवस्थापनका लागि सर्टलिष्टमा परेका ९ जनाको अन्तर्वार्ता पुस ९ गते


  • 478
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    समस्याग्रस्त शेयर मार्केट्स व्यवस्थापनका लागि सर्टलिष्टमा परेका ९ जनाको अन्तर्वार्ता पुस ९ गते

    काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको संयोजक र सदस्य पदका लागि सर्टलिष्टमा परेका ९ जनाको अन्तर्वार्ता पुस ९ गते हुने भएको छ । बैंकले आइतवार सूचना जारी गर्दै सर्टलिस्टमा परेका ९ जनालाई अन्तर्वार्ताका लागि बोलाएको हो । 

    अन्तर्वार्ता दिनेहरुमा प्रकास कुमार श्रेष्ठ, विष्णुमणि गौतम, शिवभक्त पोखरेल र सागुर कुमार घिमिरे रहेका छन् । त्यस्तै, सदस्य पदका लागि ईश्वर कुमार कार्की, काजीराम कार्की, गोविन्द प्रसाद शर्मा, तारानाथ पाण्डे र श्रीराम सिटौला रहेका छन् । 

    राष्ट्र बैंकले संयोजक पदका लागि ५ जना र सदस्य पदका लागि ५ जनाको सर्टलिस्ट सार्वजनिक गरेको छ । सर्टलिस्टमा परेका ५र५ जनामध्ये दुबै पदका लागि १र१ जना मात्रै छनोट हुने राष्ट्र बैंकले जनाएको छ । 


    images
    images

    Logo