images
images

मोटरसाइकलमा यात्रा गरिरहेका सुन व्यवसायीमाथि गोली प्रहार


  • 348
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    मोटरसाइकलमा यात्रा गरिरहेका सुन व्यवसायीमाथि गोली प्रहार

    कैलाली । कैलालीको अत्तरियामा गोली चलेको छ । सुन व्यवसाय सञ्चालन गर्ने घोडाघोडी नगरापलिका–१ बस्ने २८ वर्षीय विकास सुनारमाथि गोली चलेको हो ।

     मोटरसाइकलमा यात्रा गरिरहेका विकासमाथि अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । 

    सुनारमाथि दुईवटा गोली लागेको र विकासको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । गोली लागेका विकासको अवस्था सामान्य रहेको र उनलाई अत्तरियामा रहेको पद्मा अस्पतालबाट रिफर गरी अहिले धनगढीस्थित मायामेट्रो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका नायव उपरीक्षक जोशीले बताए ।


    images
    images

    Logo