काठमाडौं । नेपालको तीन वाणिज्य र एक विकास बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ बैंकको अवार्ड पाएका छन् । सो बैंकहरुलाई उत्कृष्ट वित्तीय सेवा दिएको आधारमा अवार्ड वितरण गरिएको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आइतबार आयोजना गरेको कार्यक्रममा उक्त अवार्ड प्रदान गरेको छ ।
यस्तै, श्रीलंकाको हाट्टन नेशनल बैंक, भारतको फेडेरल बैंक, कोटाक महिन्द्रा बैंक र एक्सिस बैंकले पनि उक्त अवार्ड प्राप्त गरेका छन् ।