काठमाडौं । चमार जातीको अपमान गरेको भन्दै विवादमा परेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माफी मागेका छन् । स्टाटस पोष्ट गरेको ५ दिनपछि उनले सामाजिक सञ्जालमार्फत् माफी मागेका हुन् ।
उनले ‘चमारे’ शब्द अप्रत्याशित रुपमा प्रयोग हुन पुगेको भन्दै यसले दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख लागेको बताएका छन् । आफूले सधैँ समानताको भावनाका साथ मिलेर देशलाई माथि उठाउन काम गरेको भन्दै उनले सो शब्द फिर्ता लिएको उल्लेख गरेका छन् । यद्यपि उनले स्ट्याटसमा शब्द प्रयोग गर्दा कुनै नियत राखेर नगरेको प्रष्ट पारेका छन् ।