काठमाडौं । सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २ करोड १४ लाख रुपैयाँ तलब दिएको छ । बैंकले १ वर्षमा सीईओलाई कुल २ करोड १४ लाख ६ हजार रुपैयाँ भुत्तानी गरेको हो ।
त्यस्तै, बैंकले अन्य प्रमुख व्यवस्थापकहरुलाई ४ करोड ६१ लाख १ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकले संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता १३ हजार र संचालकलाई प्रति बैठक भत्ता १२ हजार रुपैयाँ दिने गरेको छ ।
यो बाहेक अध्यक्ष तथा संचालकहरुलाई पत्र–पत्रिका, टेलिफोन, इन्टरनेट आदि सेवाका निमित्त प्रति सदस्य मासिक १२ हजार रुपैयाँ दिने गरेको छ । यस बाहेक बैंकले अन्य कुनै सुविधा प्रदान नगरेको समेत जनाएको छ ।
बैंकले संचालक समितिका सदस्यहरुलाई बैठक भत्ता बापत जम्मा ३५ लाख ७८ हजार भुक्तानी गरेकोे छ । उपरोक्त भत्ता
तथा सुविधाहरूमा प्रचलित कानून अनुसार करकट्टी गरेर मात्र भुक्तानी गर्ने बैंकले जनाएको छ ।
बैंकको सीईओमा गत वर्ष माघ ११ गतेसम्म भुवन कुमार दाहाल रहेका थिए भने माघ १२ गतेदेखि निश्चल राज पाण्डे सीईओ रहेको बैंकले जनाएको छ ।



