images
images

१७ अर्ब ५३ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 


  • 258
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    १७ अर्ब ५३ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब ५३ करोडको ट्रेजरी विल जारी गर्ने भएको छ ।  बैंकले सोमबार सो रकम बराबरको ट्रेजरी विल जारी गर्न लागेको हो । 

    बैंकले ९१ दिनको लागि ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने १८२ दिनको लागि १० अर्ब रुपैयाँ र ३६४ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल ९१ दिनको चैत ७ गते परिपक्क हुनेछ भने १८२ दिनको अगामी असार ५ गते परिपक्क हुनेछ । त्यस्तै, ३६४  दिनको आगामी पुस ३ गते परिपक्क हुनेछ । 

    यो ट्रेजरी विल सोमबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।


    images
    images

    Logo