काठमाडों । काठमाडौं महानगरपालिकाले निजी जग्गामा पार्किङ गरिएका सवारीसाधन उठाउन थालेको छ । आइतवार महानगरपालिकाले अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन उठाएका हो । निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे सवारीसाधन महानगर प्रहरीले उठाएपछि यतिबेला अनामनगर क्षेत्र तनावग्रस्त बनेको हाे।
महानगरले भने सडक पेटीमा अनधिकृत रुपमा राखिएका मोटरसाइकल उठाउने क्रममा स्थानीय व्यवसायीले अवरोध गर्न खोज्दा केहीबेर तनाव सिर्जना भएको हो । स्थानीय व्यवसायीले निजी क्षेत्रमा पार्किङ गरिरहेको सवारी साधन महानगरले जबरजस्ती उठाएको आरोप लगाएका छन् ।
पैदल हिंड्ने फुटपाथमा पार्किङ गरेर राखिएको ९ वटा मोटरसाइकल उठाएको काठमाडौं महानगर प्रहरीले जनाएको छ ।