images
images

नेप्सेमा ओरालो कायमै, २७ अंकले घट्दा परिसुचक १८५५.०६ विन्दुमा 


  • 299
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    नेप्सेमा ओरालो कायमै, २७ अंकले घट्दा परिसुचक १८५५.०६ विन्दुमा 

    काठमाडौं । गत साताको मंगलबार देखि ओरालो लागेको शेयर बजारले यस साता पनि निरन्तरता दिएको छ । नेप्से परिसुचक २७ अंकले घटेर १ हजार ८ सय ५५ दशमलव ०६ विन्दुमा पुगेको छ । २ सय ५० स्क्रिपको १ अर्ब १५ करोड रुपैयाँ बराबरको ३७ लाख ७८ हजार कित्ता शेयर किनबेच भएको छ । 

    साताको पहिलो दिन आइतबार २५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८० कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ।

    आज सबैभन्दा धेरै कृषि विकास बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ५ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ४ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    शेयर बजार ओरालो लागेपनि इष्र्टन हाईड्रोपावरको शेयरमा सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १, धाैलागिरि लघुवित्त, खप्तड लघुवित्तकाे भने ६ प्रतिशत भन्दा बढी बढेकाे छ ।  

     

     

     

     


    images
    images

    Logo