images
images

सवारी अनुशासन कारबाहीबाट ३ लाख रुपैयाँ राजस्व असुल


  • 258
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    सवारी अनुशासन कारबाहीबाट ३ लाख रुपैयाँ राजस्व असुल

    काठमाडौं । यातायात व्यवस्था विभागले सवारी अनुशासन कारबाहीबाट ३ लाख ५० हजार रुपैयाँ राजस्व उठाएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार विभागले गएको मङ्सिर महिनाभरि नियम उल्लङ्घन गर्ने ४ सय ५६ जनाबाट ३ लाख ४७ हजार रुपैयाँ उठाएको हो ।

    उनका अनुसार सबैभन्दा धेरै सिल्टबेल्ट नबाँधेको र हेलमेट नलगाएका ४ सय ५६ सवारी चालक कारबाहीमा परेका छन् । विभागले हरेक महिना आन्तरिकरूपमा पनि सवारी चालकले गर्ने नियम उल्लङ्घनका बारेमा अनुगमन गर्ने गरेको छ । यो विभागअन्तर्गत रहेको ट्राफिक टिमले गरेको कारबाहीबाट उठेको राजस्व हो ।

    विभागले गरेको अनुगमनमा प्रदूषण स्टिकर नभएको, लाइसेन्स तथा ब्लुबुक नबोकेको, सवारीसाधन मोडिफाइड गरेको आदि कसुरमा चालक कारबाहीमा परेका छन् ।


    images
    images

    Logo