images
images

१ अर्ब ३५ करोडमा हिमालयन हस्पिटालिटी होटल निर्माण हुँदै


  • 350
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    १ अर्ब ३५ करोडमा हिमालयन हस्पिटालिटी होटल निर्माण हुँदै

    काठमाडौं । काठमाडौंको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण हुने भएको छ ।  कूल १ अर्ब ३५ करोड रुपैयाँ लागतमा निर्माण हुने होटल अन्तर्राष्ट्रिय स्तरको हुनेछ ।

    होटलमा रेष्टुराँ, व्यायाम हल, स्वीमिङ पुललगायतका सेवा सुविधा उपलब्ध हुनेछन् । होटलमा कूल ९४ कोठामा २ सय शय्या हुनेछन् । जसमा आठ वटा स्वीट रुम हुनेछन् ।

    बेसमेन्ट दुई र भुई तल्ला गरी कूल नौ तले सो होटल इन्टरनेशनल हिमालयन हस्पिटालिटी एण्ड होटल प्रालिले निर्माण गर्न लागेको हो । होटलको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि केही दिन पहिले वन तथा वातावरण मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको छ । होटल निर्माण क्षेत्र वरपरको वातावरणीय प्रभावका बारेमा आवश्यक जानकारी दिन मन्त्रालयले सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ ।

    सो परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम ईन्भाइरोन्मेन्टल सर्भिसेज प्रालिले गरिरहेको छ । होटल सञ्चालन आएपछि करिब एक सय जनाले रोजगारी पाउने छन् । होटलमा ८ तलासम्म ४ वटा ट्वीन रुम, ६ वटा क्वीन रुम र एउटा स्वीट रुम रहनेछन् भने नवौँ तलामा २ वटा ट्वीन रुम र ४ वटा क्वीन रुम रहनेछन् । होटलमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचका लागि र्यामका साथै २ वटा कोठा निर्माण गरिनेछ ।


    images
    images

    Logo