images
images

फेरि लाख नाघ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ 


  • 331
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    फेरि लाख नाघ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ 

    काठमाडौं ।  सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ । 

    शुक्रवार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्यमा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo