images
images

मोरक्कोलाई पराजित गर्दै क्रोएसिया तेस्रो 


  • 264
    SHARES
  • २०७९ पौष ३ गते आइतबार

    मोरक्कोलाई पराजित गर्दै क्रोएसिया तेस्रो 

    काठमाडौं । क्रोएसियाले मोरक्कोलाई  २-१ गोलले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ ।  कतारमा जारी विश्वकप  फुटबलको शनिबार राति भएको खेलमा अफ्रिकी राष्ट्र  मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो भएको हो ।

    खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलको पहिलो हाफ रोमान्चक भएको थियो । खेलको ७ तौं मिनटमा गोल गर्दै  क्रोएसियाले अग्रता लिएको थियो । त्यसको  दुई मिनटभित्रै गोलगर्दै मोरक्कोले खेल बराबरीमा ल्यायो । खेलको ९ मिनेटमै दु्वै टिमले एक एक गोल गरेका थिए ।

     सातौं मिनेटमा क्रोएसियाका जोस्को भार्दियोलले गोलगर्दै टिमलाई अग्रता दिलाए । तर त्यसको दुई मिनेटमै अच्राफ दारीले गोल गर्दै मोरक्कोलाई बराबरीमा ल्याए । 

    ४२ औं मिनेटमा मिस्लाभ ओर्सिकले गोलगर्दै क्रोएसियालाई २–१ ले अग्रता दिलाए । मध्यान्तरपछि मोरक्कोले  गोल गर्ने थुप्रै अवसर गुमाउँदा क्रोएसिया विजयी भयो । 

    अफ्रिकाबाट  पहिलो पटक सेमिफाइनलमा पुगेको मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो । त्यसैगरी साविक उपविजेता क्रोएसिया अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो ।

     एकै समूहमा रहेका यी दुई टिमले पहिले  भेटमा  गोलरहित बराबरी खेलेका कारण पनि यो खेल रोमाञ्चक हुने अपेक्षा गरिएको थियो ।


    images
    images

    Logo