काठमाडौं । कतारमा भोली विश्वकप फुटबलको फाइनल खेल हुंदैछ । विश्वकप उपाधिका लागि साविक विजेता फ्रान्स र दुईपटकको विश्व विजेता आमने(सामने हुनेछन् ।
प्रतियोगिता सकिन लाग्दा विश्वकप जित्नेले कति पुरस्कार पाउँछन् भन्ने कौतुहल्ता हुनु स्वभाविक हो । कतार विश्वकपबाट फिफालाई करिव ४.६ अर्ब डलर आम्दानी हुनेछ। भने पुरस्कारमा करिव ४४ करोड डलर खर्च हुने अनुमान गरिएको छ।
कतारमा विश्व विजेता बन्ने टिमले पुरस्कार स्वरूप ४ करोड २० लाख डलर पाउँने छ । त्यस्तै उपविजेताले ३ करोड, तेस्रो हुनेले २ करोड ७० लाख र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्नेछन्। त्यसैगरी क्वार्टरफाइनल पुग्ने प्रत्यक टोलीले १ करोड ७० लाख र अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख डलर पुरस्कार पाउँछन् । सहभागि बाँकी १६ टोलीले भने ९० लाख डलरका दरले पाउने जनाइएको छ ।
कतार विश्वकपबाट विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सबैभन्दा बढी आम्दानी टेलिभिजन प्रसारणको अधिकार बिक्रीबाट प्राप्त गरेको छ। फिफाले टेलिभिजन प्रसारणको अधिकार बिक्रीबाट २.७ अर्ब डलर कमाएको छ। यस्तै विज्ञापनबाट १.३ अर्ब डलर, टिकट बिक्रीबाट ६० करोड डलर आम्दानी हुने अनुमान गरिएको छ।



