काठमाडौं । प्रहरीले नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । ११ हजारका नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।
जलेश्वर नगरपालिका ९३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको ग्राम पञ्चायतमा निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
भिट्टामोड प्रहरी चौकीबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।