काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपमा आज क्रोएसियार मोरोक्कोबीच खेल हुँदैछ । सेमी फाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन् ।
खालिफा स्टेडिएममामा हुने क्रोएसियार र मोरोक्को खेल नेपाली समयअनुसार राति ८ः ४५ मा सुरु हुने छ ।मोरक्को सेमिफाइनलमा साबिक विजेता फ्रान्ससँग २–० ले पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न लागेको हो। क्रोएसिया मंगलबार राति अर्जेन्टिनासँग ३–० ले पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न लागेको हो।
यो विश्वकपको फाइनल खेल भने आइतबार राति पौने ८ः ४५ बजे सुरु हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् ।