काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।
यस्तै एलपी ग्यास र हवाइ इन्धको मूल्य भने निगमले यथावत् राखेको छ । मूल्य घटेसँगै पेट्रोलको प्रतिलिटर मूल्य १ सय ७८ र डिजेल/मटितेलको प्रतिलिटर मूल्य १ सय ७५ कायम भएको छ । यसअघि पेट्रोल लिटरको १ सय ८१ र डिजेल/मटितेल १ सय ७८ रुपैयाँ रहेको थियो ।
भारतीय आयल कर्पोरेशनबाट शुक्रबार मूल्य घटेर आएसँगै निगमले पनि घटाएको हो ।
