images
images

चाडबाड सकिएपछि झनै बढ्यो इ–कमर्श ट्रेन्ड 


  • 326
    SHARES
  • २०७९ पौष १ गते शुक्रबार

    चाडबाड सकिएपछि झनै बढ्यो इ–कमर्श ट्रेन्ड 

    काठमाडौं । दशै तिहार जस्ता चाडबाड सकिएपछि इ–कमर्शको ट्रेन्ड झनै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनाभन्दा कात्तिकमा यो आकार झण्डै डेढ गुणाले बढेको हो । 

    मुख्य चाडबाड रहेको असोज महिनामा इ–कमर्श प्लेटफर्म मार्फत कुल ४२ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो । कात्तिक महिनामा यस्तो आकार बढेर ६६ करोड ३० लाख रुपैयाँ पुगेको छ । कात्तिक महिनाको यो अवधिमा करिव १ लाख जनाले इ–कमर्श मार्फत बस्तु तथा सेवा खरिद गरेका थिए । जबकी असोज महिनामा यो संख्या ७३ हजार जना मात्रै थियो । 

    इ –कमर्शको यो टेन्ड अघिल्लो बर्षको भन्दा ३३ प्रतिशत बढी हो । अघिल्लो बर्ष कात्तिकमा ७६ हजार जनाले ४४ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार यो प्लेटफर्म मार्फत गरेका थिए । 


    images
    images

    Logo