काठमाडौं । नेपालमा तीन वर्षपछि कोरोना संक्रमितको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा मुलुभर ८ सय ४६ नमूना परीक्षण गर्दा संक्रमितको संख्या शुन्य भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो पटक संक्रमित संख्या शून्य भएको हो ।
पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।