images
images

ऋणपत्र निष्काशनका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले पायो बोर्डको अनुमति


  • 418
    SHARES
  • २०७९ पौष १ गते शुक्रबार

    ऋणपत्र निष्काशनका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले पायो बोर्डको अनुमति

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बैंकले बिहीवार ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । 

    कम्पनीले १०‍.३० प्रतिशत ब्याजदरमा ५ वर्ष समयअवधिका लागि ऋणपत्र निष्काशन गर्ने भएको छ । 

    बैंकले कुल २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । कम्पनीले कुल कित्तामध्ये ९ लाख ६० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

    उक्त ऋणपत्रको निष्काशन विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।


    images
    images

    Logo