images
images

नियम उल्लङ्घन गर्ने सवारी साधनबाट विभागले उठायो ३ लाख रुपैयाँ 


  • 434
    SHARES
  • २०७९ पौष १ गते शुक्रबार

    नियम उल्लङ्घन गर्ने सवारी साधनबाट विभागले उठायो ३ लाख रुपैयाँ 

    काठमाडौं । यातायात व्यवस्था विभागले ट्रार्फिक नियमको उल्लङ्घन गर्ने सवारी साधनबाट ३ लाख ४८ हजार ७ सय ५० रुपैयाँ उठाएको छ । विभागले ४ सय ५६ सवारी साधनबाट सो बराबरको रकम उठाएको हो । 

    विभागले मंसिर महिनामा नियम उल्लङ्घन गरेवापत सवारी चालक अनुमति पत्र १ सय १ वटा तथा सवारी दर्ता किताव र सवारी इजाजत पत्रबाट ३ सय ५५ जनालाई कारवाही गरेको हो । विभाग प्रबक्ता इश्वर दत्त पनेरुका अनुसार सो रकम नेपाल सरकारको राजस्व खातामा दाखिला गरेको जनाएको छ ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९  नियमवली २०५४ तथा यातायात व्यवस्थापन कार्यविधि २०६० स्रशोधित बमोजिम यस विभागबाट ट्रार्फिक नियमको पालना भए /नभएको सम्वन्धमा नियमित रुपमा सवारी अनुगमन मार्य हुनुपर्ने व्यवस्था छ । 

    उक्त व्यवस्था अनुसार देशव्यापी रुपमा नियमित सवारी अनुगमन गरेको आधारमा सो राजस्व संकलन भएको विभागले जनाएको छ ।  


    images
    images

    Logo