images
images

२०४८ यताकै बढी मत बदर, कुन क्लष्टरमा कति मत भए बदर ?


  • 471
    SHARES
  • २०७९ पौष १ गते शुक्रबार

    २०४८ यताकै बढी मत बदर, कुन क्लष्टरमा कति मत भए बदर ?

    काठमाडौं । २०४८ सालपछिकै सबैभन्दा बढी मत यसपाली बदर भएको छ । निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाएको अन्तिम मतपरिणाम अनुसार यो वर्ष ५.१९ प्रतिशत मत बदर भएको हो । २०७४ सालमा यस्तो बदर मत ५.१८ प्रतिशत थियो । 

    यसपटक बदर भएका मतमध्ये प्रतिनिधिसभा प्रत्यक्षमा ५.०६ प्रतिशत, प्रतिनिधिसभा समानुपातिकमा ५.१८ प्रतिशत, प्रदेशसभा प्रत्यक्षमा ६.५५ प्रतिशत र प्रदेशसभा समानुपातिकमा ४.०७ प्रतिशत मत बदर भएको छ । 

    २०५६ सालमा भने अहिलेसम्मकै सबैभन्दा कम २.७५ प्रतिशत मत मात्रै बदर भएको थियो । 

    यो वर्ष सबैभन्दा बढी मत बाँके जिल्लामा सबैभन्दा बढी मत बदर भएको छ । यो जिल्लामा झण्डै १० प्रतिशत मत बदर भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले यसपटक बदर मतलाई १ प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो  ।


    images
    images

    Logo