काठमाडौं । अमेरिकी डलरको मूल्य एकैदिन ७६ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ अमेरिकी डलर खरिद गर्न १३२ रुपैयाँ ९६ पैसा खर्च गर्नु पर्नेछ । बिहीबार यस्तो दर १३२.२४ रुपैयाँ थियो ।
आज युरोको भाउ सामान्य मूल्यले बढेर १४०.९६ रुपैयाँ पुगेको छ । अन्य देशका मुद्रामा पनि सामान्य मात्रै घटबढ छ । राष्ट्र बैंकले तोकेको उक्त दरमा वाणिज्य बैंकहरुले केही मूल्य थप गरेर विनिमयदर निर्धारण गर्न सक्छन् ।

नेपालले भारतीय रुपैयाँसँग डलरको विनिमयदरका आधारमा नेपाली मुद्राको विनिमयदर निर्धारण गर्दै आएको छ । भारतीय रुपैयाँसँग भने नेपालको १०० बराबर १६० रुपैयाँको स्थिर विनिमयदर कायम छ ।