काठमाडौं । २ इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार पुस ७ गतेदेखि हुने भएको छ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले मर्जर गरेपछि एकिकृत कारोबार पुस ७ गतेदेखि गर्ने भएका हुन् ।
दुबै कम्पनीले मर्जरको सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेका छन् । मर्जर पछि पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार हुने भएको छ ।
नेपाल बीमा प्राधिकरणले पनि दुबैलाई अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।