images
images

साताको अन्तिम दिन १४ अंकले घट्यो नेप्से, कारोबार १ अर्ब १९ करोड 


  • 268
    SHARES
  • २०७९ मंसिर २९ गते बिहीबार

    साताको अन्तिम दिन १४ अंकले घट्यो नेप्से, कारोबार १ अर्ब १९ करोड 

    काठमाडौं । साताको अन्तिम दिन विहीबार १४.४८ अंकले शेयर बजार घटेको छ । सो अंक बराबरले घट्दा १ हजार ८ सय ८२ दशमलव ६० अंकमा पुगेको छ । आज २ सय ५४ स्क्रिपको १ अर्ब १९ करोड रुपैयाँ बराबरको ४८ लाख ४ हजार कित्ता शेयर किनबेच भएको छ । आज कारोबार रकम भने बढेको छ । 

    विहीबार २८ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ६७ कम्पनीको शेयर मूल्य घटेको छ भने १५ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । आज काराेबारमा आएका सवै उपसुचकका समूहहरु घटेका छन् ।  

    आज सबैभन्दा धेरै एनसीसी बैंकको संस्थापक शेयरको कारोबार भएको छ । बैंकको २२ करोड ८९ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ ।  सिवाइसी नेपाल लघुवित्तको ६ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनी ९.९९ प्रतिशतले बढेकाे छ । त्यस्तै, इर्ष्टन हाइड्रोपावर कम्पनीकाे ९‍.९७ प्रतिशतले बढेकाे छ । 

     


    images
    images

    Logo