काठमाडौं । काठमाडौं २ बाट विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले आफुले चुनावमा गरेको खर्च सार्वजनिक गरेकी छिन् । उनले कुल खर्च ३ लाख ७१ हजार रुपैयाँ निर्वाचनमा खर्च गरेको विवरण बुझाएकी हुन् ।
उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएको विवरणमा सबैभन्दा धेरै खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९ सय ९५ रुपैयाँ खर्च गरेको विवरण बुझाएकी छिन् ।
१३ दिनसम्म गाडी रिजर्ब गर्दा ७८ हजार, पेट्रोलरडिजेल खरिदमा ६२ हजार ५ सय ५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५ सय रुपैयाँ खर्च भएको उनले विवरणमा बुझाएकी छिन् ।
त्यस्तै मतदाता नामावली खरिदमा ३ हजार, कार्यालय स्थापनामा ५ हजार, कार्यालयको भाडा, कर्मचारी, स्टेशनरी पानी र बत्तीको गरी ३५ हजार, फ्लेक्समा प्रचार सामग्री बनाएको २० हजार, प्रतिनिधि परिचालनमा १५ हजार र विविधमा २५ हजार खर्च भएको भन्दा उनले कुल ३ लाख ७१ हजार खर्च भएको विवरण पेस गरेकी छिन् ।



