images
images

एकैदिन ३६ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 303
    SHARES
  • २०७९ मंसिर २९ गते बिहीबार

    एकैदिन ३६  सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ६ सय २८ जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई बुधबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ६७ जना, लेन अनुशासन पालना नगर्ने १ सय ४२ जना, रेड लाइडमा सवारी साधन चलाउने ४२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय १ र नम्बर प्लेट राम्रोसँग नराख्ने ६४ जना चालक रहेका छन् । यस्तै ३ हजार १ सय १२ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo