काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको तरलता बजारमा पठाउने भएको छ । बैंकले बुधवार सुचना जारी गर्दै आज रिपोमार्फत सो बराबरको रकम बजारमा पठाउने भएको हो ।
इच्छुक क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले यही मंसिर २९ गते परिपक्व हुने यो रिपो आज दिउँसो २ बजे बोलकबोलमार्फत खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले रिपोमार्फत वित्तीय बजारमा उक्त रकम पठाउन लागेको हो ।