काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्यमा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।