images
images

१३ निर्माण कम्पनी परे १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा, कुन कुन परे ?


  • 440
    SHARES
  • २०७९ मंसिर २९ गते बिहीबार

    १३ निर्माण कम्पनी परे १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा, कुन कुन परे ?

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ ।  कार्यालयले बिहीवार सूचना जारी गर्दै विभिन्न १३ कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मको लागि कालोसूचीमा राखेको हो।

    ती कम्पनीहरुलाई कार्यालयले काममा लापरबाही, गुणस्तरहीन काम भएको र ढिलासुस्ती गरेको भन्दै कालोसूचीमा राखेको छ । 

    कार्यालयका अनुसार राकथुमहाङ बी.पी. जे.भी अन्तर्गतका याक्थुम्हाङ निर्माण सेवा प्राली र बीपी कन्स्ट्रकसन, स्टार अफिस इन्टरनेशनल, ३ वर्षका लागि कालोसूचीमा परेका छन्। भने त्यसैगरी खरिद अनुगमन कार्यालयले सपना निर्माण प्राली २ वर्षको लागि कालोसूचीमा परेको छ । 

    अग्रिम पीपी जेभी वानेश्वर, देव कन्ट्रक्सन जनकपुरधाम, जनकन्ट्रक्सन प्राली भरतपुर, जय निर्माण सेवा कपिलवस्तु, खहरेखोला इन्टरप्राइजेज काठमाडौं, खिम निर्माण सेवा कपिलवस्तु, लोहनी एन्ड सन्स कन्ट्रक्सन भरतपुर, नन्दु निर्माण सेवा प्राली सर्लाही, राष्ट्र निर्माण सेवा रौतहट र सुर्या रोशनी इन्डस्ट्रियल प्राली काठमाडौंलाई १ वर्षको लागि कालोसूचीमा राखिएको छ ।  

    सो अवधिभर यी कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।


    images
    images

    Logo