images
images

कोरोना विरुद्ध करिब ५० लाख मात्रा खोप मौज्दात


  • 249
    SHARES
  • २०७९ मंसिर २८ गते बुधबार

    कोरोना विरुद्ध करिब ५० लाख मात्रा खोप मौज्दात

    काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो । 

    स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख  डा सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार ६ सय ३२ मात्रा खोप मौज्दात छ । उनले अहिले सङ्क्रमण घटिरहेकोले माग नहुँदा  खोपको मौज्दात रहेको जानकारी दिए । सबैभन्दा बढी भेरोसेल खोप मौज्दात  छ । भेरोसेल ४३ लाख ६६ हजार १ सय ६६ मात्रा मौज्दात  छ भने फाइजर ६० हजार ७ सय ५६, र फाइजर (बालबालिका)लाई लगाउने ४ लाख ९४ हजार ७ सय १० मात्रा मौज्दात छ । सबैभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात छ । 

     प्रदेश नं १ मा ५ हजार ३ सय ७३, मधेश प्रदेशमा ४७ हजार ८ सय ९०, बाग्मती प्रदेशमामा ५ लाख ५४ हजार ९ सय ६९, हेटौँडामा १ लाख ३५ हजार ३ सय ९८ मात्रा खोप मौज्दात छ । गण्डकी प्रदेशमा ७ हजार ६ सय ९६, लुम्बिनी प्रदेशमा १ लाख ११ हजार ६, कर्णाली प्रदेशमा ५० हजार ५ सय ४६ र सुदूरपश्चिम प्रदेशमा ८ हजार ७ सय ५४ मात्रा खोप मौज्दात छ । शाखा प्रमुख  डा चौरसियाले माग भएमा प्रदेश र जिल्लामा खोप आपूर्ति गरिने जानकारी दिए । 

    अहिले दैनिक दशभन्दा कम व्यक्तिमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म ६ करोड ३२ लाख ७६ हजार ७ सय १० मात्रा खोप आइसकेकामा  कूल लक्षित जनसङ्ख्यामध्ये ९९.५प्रतिशतमा पहिलो मात्रा र ९५.७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ । यस्तै कूल जनसङ्ख्याको ७९.५ प्रतिशतले  पहिलो मात्रा र ७६.५ प्रतिशतदले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 


    images
    images

    Logo