images
images

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सांसद पदको खारेजी माग गर्दै सर्वोच्चमा रिट


  • 304
    SHARES
  • २०७९ मंसिर २८ गते बुधबार

    रास्वपाका सभापति  रवि लामिछानेविरुद्ध सांसद पदको खारेजी माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रतिनिधि सभाको संसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बुधबार सिन्धुलीका युवराज पौडेलले लामिछानेको नागरिकता विवाद र सांसद पदको सम्बन्धमा सर्वोच्चमा रिट दायर गरेका हुन् । 

     चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको र निर्बाचन आयोगले संबिधान र ऐनको उल्लङ्घन गरेको भन्दै रिट दायर गरेका हुन् ।

    रिटमा रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ । पौडेलको रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको छ । 


    images
    images

    Logo