काठमाडौं । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजिनामा दिएका छन् । उनले उमेर हदले अवकाश हुन ९ महिना अघि नै राजिनामा दिएका हुन् ।
बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षतामा बसेको सचिवाल व्यवस्थापन समितिको बैठकले स्वीकृत गरेको छ । सचिव घिमिरेले मंगलबार महासचिव भरतराज गौतमालाई राजिनामाको लागि पत्र दिएका थिए । सोही पत्र आज स्वीकृत गरेको हो ।
घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख रहेका थिए ।