काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्याजदर बढ्नु स्वभाविक भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघको वार्षिक साधारणसभाका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
कोभिड पछि अर्थतन्त्रमा देखापरेको असर र अन्तर्राष्ट्रिय युद्धका कारण सिर्जना भएको असन्तुलनले ब्याजदर वृद्धिको उपकरण प्रयोग गर्नुपरेको बताएका छन् । उनले भने ‘ नेपाल भित्रको मात्र नभएर रसिया युक्रेन युद्ध, कोभिडको असर र मौद्रिक प्रभावले यसको असर प्रत्येक व्यक्तिको भान्सामा परेको छ, ब्याजदर बढ्नु स्वभाविक हो’ ।