काठमाडौं । २ क्यापिटलको एकिकृत कारोबार पुस १ गते देखि हुने भएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र नेपाल बङ्गलादेश क्यापिटलले एकिकृत कारोबार पुस १ गर्ने भएका हुन् । मंगलबार बसेको दुबै कम्पनीका सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले नेपाल बङ्गलादेश क्यापिटललाई गाभेपछि दुबै कम्पनीको एकिकृत कारोबार पुस १ गते देखि गर्ने भएका छन् ।