काठमाडौं । कुमारी बैंकको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकमा कायम रहेका ७ जना संस्थापकको २ लाख ५६ हजार ४ सय ३३ कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो ।
बैंकमा कायम रहेका संस्थापक शेयरधनी अम्मर वहादुर पुलामीको नाममा रहेको ३ हजार ८७ कित्ता, शन्ति राईको नाममा रहेको ३ हजार ५ सय २१ कित्ता, जसीलाल थापा मगरको नाममा रहेको ४ हजार २४ कित्ता, झपट बहादुर बोहोराको नाममा रहेको ५ हजार ४ सय ४९ कित्ता, सुरेश बोहोराको नाममा रहेको ९२ हजार ५ सय ३९ कित्ता, दुर्गा बोहोराको नाममा रहेको १ लाख ४५ हजार २ सय ३३ कित्ता र चक्र बहादुर घर्तीको नाममा रहेको २ हजार ५ सय ९० कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (मंसिर २८ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।



