काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर आज प्रतितोला १ लाख १ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्यमा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।