images
images

तीन सातापछि आज निर्वाचनको अन्तिम परिणाम आउँदै


  • 309
    SHARES
  • २०७९ मंसिर २८ गते बुधबार

    तीन सातापछि आज निर्वाचनको अन्तिम परिणाम आउँदै

    काठमाडौँ । संघ र प्रदेशको निर्वाचन भएको तीनसातापछि आज  अन्तिम परिणाम आउँने भएको छ । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा बुधबार  सार्वजनिक हुन लागेको हो । 

    निर्वाचन आयोगले अन्तिम नतिजा आज आयोग परिसरमा घोषणा गर्न लागेको छ । आयोगले सो नतिजा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने तयारी गरेको छ । 
    सोहिदिन समानुपातिकतर्फ निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। 

    सङ्घीय संसद्को प्रतिनिधि सभामा १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। सात प्रदेशमा ३ सय ३० सदस्य प्रत्यक्ष र २ सय २० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन्।


    images
    images

    Logo