भक्तपुर । जिल्ला स्तरीय फुटसल प्रतियोगिताको उपाधि यूनिटी र ईडेन स्कुलले जितेका छन् । नेशनल प्याब्सन भक्तपुरको आयोजनमा भएको प्रतियोगिता सोमवार र मंगलवार सम्पन्न भएको थियो ।
जिल्लाव्यापी अन्तर विद्यालय फुटसल प्रतियोगितामा माध्यमिक तहमा यूनिटी स्कुल प्रथम र आधारभूत तहमा ईडेन गार्डेन स्कुल प्रथम भएका हुन् । माध्यमिक तहको दोश्रो स्थान विमल मेमोरियल विद्यापीठ स्कुल तथा तेश्रो स्थान क्रमश आरक्षण नेशनल स्कुल र एसएस सदन स्कुल हासिल गरे । आधारभूत तहमा दोश्रो स्थान विमल मेमोरियल विद्यापीठ तथा तेश्रो स्थान क्रमश डेमोस स्कुल र पारागन एकेडेमीले प्राप्त गरे ।
माध्यमिक तहको फेयर प्ले टिम उपाधि ईडेन गार्डेन स्कुल, उत्कृष्ट खेलाडी विमलका प्रशान्त थापामगर र उत्कृष्ट गोलकिपर पुरस्कार यूनिटीका रुकेश खत्रीले जित्न सफल भए । आधारभूत तहको फेयर प्ले टिमको उपाधि पारिजात विद्याकुन्ज स्कुल, उत्कृष्ट खेलाडी ईडेनका आयुष गौतम तथा उत्कृष्ट गोलकिपरको पुरस्कार विमलका मनिष राउतले जिते । 
विजेता टिम तथा खेलाडीलाई नेशनल प्याब्सनका केन्द्रीय सहअध्यक्ष सुवास न्यौपानेले शिल्ड प्रदान गरेका थिए । कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिपक थापाले मेडल र उत्कृष्ट खेलाडीलाई भक्तपुर नेशनल प्याब्सनका अध्यक्ष संजय खड्काले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रम संयोजक सुमन शिल्पकारका अनुसार समापन कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय उपमहासचिव प्रकाश खड्का लगाएतको उपस्थिति रहेको थियोे ।



