काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन जुवा तथा बाजी नखेल्न अनुरोध गरेको छ । बैंकले मंगलवार सूचना जारी गर्दै अनलाइन मार्फत जुवा तथा बाजी लगायतका कार्य नगर्न नगराउन चेतावनी दिएको हो ।
बैंकले यस्ता कार्यमा संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति, समुह तथा संस्थालाई कानूनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्क गर्ने समेत चेतावनी दिएको छ ।
साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोवाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।
