images
images

नेपाल बैंकर्स संघकाे ३६ औं वार्षिक साधारणसभा सम्पन्न, तीन जना सदस्य चयन


  • 368
    SHARES
  • २०७९ मंसिर २७ गते मंगलबार

    नेपाल बैंकर्स संघकाे ३६ औं वार्षिक साधारणसभा सम्पन्न, तीन जना सदस्य चयन

    काठमाडौं । नेपाल बैंकर्स संघको आफ्नो ३६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार बसेको साधारणसभाले संघको कार्यकारिणी समितिमा तीन जना सदस्य चयन समेत गरेको हाे । सदस्यका रुपमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबिआइ बैंकका सीईओ दीपकुमार देले निरन्तरता पाएका छन् । उनीहरु दुई यस भन्दा पहिले पनि संघका कार्यकारिणी समिति रहेका थिए । 

    मेगा बैंकबाट अनुपमा खुँञ्जेली अवकाश भएपछि एक सदस्य रिक्त थियो। त्यो पदमा एभरेष्ट बैंक लिमिटेडका सीईओ सुदेश खालिङलाई निर्वाचन गरिएको छ ।  संघको वार्षिक साधारणसभाको अवसरमा प्रत्येक वर्ष बैंकिड्ड क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष डा. तिलक रावललाई सम्मान–पत्र प्रदान गरिएको छ ।

    त्यसैगरी सभाका प्रमूख आतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्बोधन गर्दै देशको अर्थतन्त्र सुधारउन्मुख रहेको र बैंकहरुमा तरलताको उपलब्धता बढ्दै गएको बताए । देशको अर्थतन्त्र आन्तरिक उत्पादनमा केन्द्रित भई रेमिटेन्स माथिको निर्भरता कम गर्नुपर्ने तथा मुद्रास्फीति नियन्त्रण गर्न राष्ट्र बैंक चनाखो भएको र अर्थतन्त्रलाई सन्तुलनमा राख्न केन्द्रीय बैंक नचुक्ने बताए । 

    संघको वार्षिक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी लगायत अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरु, विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।


    images
    images

    Logo