काठमाडौं । औषधी व्यवस्था विभागले दुई आयुर्वेदिक औषधी बजारबाट फिर्ता गर्ने निर्देशन दिएको छ । आज एक सुचना जारी गर्दै ती दुई कम्पनीका केही औषधी न्यून गुणस्तर पाइएको भन्दै विभागले विक्री वितरणमा रोक लगाएको हो ।
विभागले अम्लपित्तका लागि वैद्यबाट सफारिस हुँदै आएको अविपत्तिकर चूर्ण र निर्मल चूर्ण नामक आयुर्वेदिक औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको हो ।बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिको नमूना परीक्षण गर्दा यी दुई कम्पनीले उत्पादन गरेकाे आयुर्वेदिक औषधिमा न्यून गुणस्तर फेला परेको विभागले जनाएको छ । दुवै कम्पनीले भारतको आयुर्वेदिक फार्माकोपिया, २०१६ मिचेको विभागको ठहर समेत गरेकाे छ ।
यी दुई कम्पनीका औषधि बिक्री वितरणमा रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सो औषधिको सिफारिस तथा प्रयोग नगर्न विभागले अनुरोध गरेको छ ।




